प्रचण्डपत्नी सीता ‘हाइ अलर्ट केयर’मा, के भने चिकित्सकले ?

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डपत्नी सीता दाहाललाई हाइ अलर्ट केयरमा राखेर उपचार भइरहेको छ ।

उपचारमा संलग्न डाक्टर युवराज शर्माले दाहालको स्वास्थ्यमा हिजोको तुलनामा आज सुधारउन्मुख देखिएको जानकारी दिए ।

ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । अस्पताका अनुसार दाहालको स्वास्थ्य सुधार आउने क्रममा रहेकाले डिस्चार्ज गर्न अझैं केही दिन लाग्नेछ । 

उनको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?