९१ लाख भ्रष्टाचारका आरोपी १० लाख धरौटीमा छुटे

काठमाडौं–९१ लाख  भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन राष्ट्र बैंकका गभर्नर तिलक रावल धरौटीमा रिहा भएका छन् । रावल सोमबार विशेष अदालतले माग गरेको १० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।
सोमबार सकिएको थुनछेकको बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले रावलसँग १० लाख रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो । रावलले अदालतमा सो धरौटी बुझाएर रिहा भएका हुन् ।

आयोगले पूर्व गभर्नर रावलविरुद्ध ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ ५८ पैसा बिगो जरिवाना र सजाय दावी गर्दै विशेष अदालतमा ५ पुसमा मुद्दा दायर गरेको थियो ।
 
पूर्वराजा ज्ञोनेन्द्रको तस्बीर अंकित १० रुपैयाँको पोलिमर नोट छपाइएको क्रममा आर्थिक अनियमितता गरेको भेटिएपछि अख्तियारले  विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?