३३ किलो कुन तस्करी प्रकरणमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश फन्दामा

काठमाडौं– ३३ किलो सुन तस्करी प्रकरणमा  उच्च अदालत विराटनगरका न्यायाधीश समेत तानिएका छन् ।
सोमबार बसेको न्यायापरिषद्को  बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कूलरत्न  भुर्तेललाई पनि छानबिनका लागि न्यायापरिषद्मा हाजिर गराउने निर्णय गरेको हो।

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र सनमको हत्या प्रकरणमा गलत नियतका साथ न्याय सम्पादन गरेको भन्दै प्रधानन्यायाधीश राणाको निर्देशनमा अन्य ५ जना न्यायाधीशमाथि छानबिन शुरु भइसकेको छ ।

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले पुर्पक्षमा पठाएका अभियुक्तमध्ये केहीलाई उच्च अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेको थियो ।

न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहले गलत नियत राखी सुन काण्डका अभियुक्तलाई धरौटी र साधारण तारेखमा रिहा गर्ने आदेश दिएको भन्दै न्याय परिषदमा उजुरी परेको थियो । सोही उजुरीको अनुसन्धानका लागि गत शुक्रबार ५ जनालाई काजमा तानिएको हो ।
 
परिषद्  स्रोतका अनुसार भुर्तेलसहित विराटनगर उच्च अदालतका ६ न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी तोकिएको छ। उनलाई वृहद् छानबिन गरी प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?