कैलालीमा युवक हत्या आरोपमा थप दुईजना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । कैलाली गोदावरी नगरपालिकास्थित अत्तरियामा २० वर्षीय युवक अरुण भट्टको हत्यामा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका–२  बस्ने १९ वर्षीय विरेन्द्र शाह र र २० वर्षीय प्रमेश मगर रहेको प्रहरीले जनाएको छ । माघ ५ गते गोदावरी–१ का अरुण भट्टलाई खुकुरी प्रहार गरी हत्या गरिएको थियो । 

यसअघि प्रहरीले मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐरलाई पक्राउ गरेको हो । 

सहयोगीको भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ बोडाडाडीका २२ वर्षीय डेविटसिंह ऐर, भजनी नगरपालिका–२ घर भइ हाल धनगढी–२ मा बस्ने २१ वर्षीया मञ्जु चौधरी खड्का र धनगढी–१३ शिवटोलका २१ वर्षीय लोकेश खत्री पनि पक्राउ परिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?