आज उपत्यकामा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  काठमाडौं उपत्यका सहित देशका विभिन्न भूभागमा पानी पर्ने सक्ने सम्भावना रहेको छ । 

पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान रहेको छ । 

पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागमा सामान्य बदली रहने मौसमविदको भनाई छ । साथै पश्चिमी र मध्य क्षेत्रका उच्च पहाडी भूभागका अधिकांश स्थानहरु र पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?