नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व कोषाध्यक्षको निधन

काठमाडौं ।  नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व कोषाध्यक्ष अरुण यादवको बीस शेवनको कारण अल्पायुमै मृत्यु भएको छ ।

यादवको गएराती काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनका भाइ अर्बिन्द यादवले बताए ।

आइतवार दिउसो रौतहटको गरुडा नपा ६ भिण्डाबर स्थित बीस शेवन गरेका अरुण को बिरगंज स्थित उपचार को क्रममा अवस्था बिगृदै जादा सोमबार काठमाडौ स्थिति मेडिसिटी अस्पताल लगिएको थियो ।

२०७० सालको रौतहटमा भएको नेपाल पत्रकार जिल्ला शाखा को निर्वाचनमा अरुण यादव निर्बिरोध कोषाध्यक्षमा निर्वाचित भएका थिए । यादव ईटा ब्यवशायमा जुटेका थिए । उनको जिल्ला स्थित अमर ईटा उधोग सन्चालनमा रहेको छ ।

उनको  बीस शेवनको कारण भने खुल्न नदकेको उनका भाइ अर्बिन्द यादवले बताए ।

यसै बिच ईटा उत्पादक सङ रौतहट का अध्यक्ष रमबिनोद साहले अरुण को असामयिक निधन ले सन्चार क्षेत्र का साथै उधोग क्षेत्रमा पनि ठूलो क्षति भएको बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?