प्रदेश ३ मा माघ १६ गते सार्वजनिक बिदा

हेटौँडा । प्रदेश ३ सरकारले माघ १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रदेश स्तरीय सार्वजनिक बिदा दिने प्रदेश सरकारको यो पहिलो निर्णय हो । 

यही माघ १६ गते मनाइने शहिद दिवसरको अवसरका प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधवार बसेको मन्त्रिपरिषद बैठकले सहिदहरुको सम्मान गर्ने बिदा दिने निर्णय गरेको हो ।

यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेका प्रदेशस्तरका केहि सार्वजनिक लिखत प्रमापिकरण ऐन २०७४ लाई संशोधन गर्न बनेको विधायक पनि स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी बैकठले कानून मन्त्रालयले पेश गरेको विशेष अनुदान अन्तर्गतका योजना तथा कार्यक्रम स्वीकृत गर्ने र नेपाल सरकारबाट प्रदान गरिने समपुरक अनुदानका योजना पनि पठाउने निर्णय गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सामुहिक खेति प्रवर्धन कार्यक्रम कार्वान्वयन कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्नुका साथै, कृषि वन प्रबर्धन कार्यक्रम कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ । 

यस्तै सामाजिक विकाश मन्त्रालयले पेश गरेको प्रदेश आपतकालीन बाल संरक्षण कार्यविधि २०७५ स्वीकृत गर्नुका साथै संघीय सरकार अन्तर्गत ३ नम्बर प्रदेश भित्रका मकवानपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, धादिङ र चितवनमा रहेका महिला तथा बालबालिका कार्यालयका भवन तथा निर्माणाधीन भवनहरु हस्तान्तरण गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?