काठमाडौंमा अमेरिकाविरोधी प्रर्दशन, प्रचण्ड पनि विरोधमा

काठमाडौं–भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै काठमाडौंमा शनिबार प्रर्दशन गरिएको छ ।

काठमाडौंस्थित अमेरिकी दुतावास अघि ‘साम्राज्यवाद विरोधी’ नाम दिइएको एक समूहले भेनेजुयलाको निर्वाचित सरकारलाई अपदस्थ हुनेगरी अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध प्रर्दशन गरेको हो । प्रर्दशनकारीहरुले त्यस क्रममा तत्काल भेनेजुयलामाथिको हस्तक्षेप बन्द गर्न पनि अमेरिकासँग माग गरेका छन । भेनेजुयलाको स्वाधिनतामाथि हस्तक्षेप गरेकाले अमेरिकाविरुद्ध प्रर्दशन गर्नु परेको उनीहरुले जनाए ।  
शुक्रबारमात्रै नेकपा अध्यक्ष प्रचण्डले पनि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै विज्ञप्ति निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?