अमेरिकी हस्तक्षेपकारी नीतिको तीव्र विरोध गर्दै वैद्यको यस्तो विज्ञप्ति

काठमाडौं । भेनेजुएलामा निर्वाचित राष्ट्रपति निकोलस मदुरो आफ्नो पदमा बहाल हुँदाहुँदै संसद सदस्य हुवाँ गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेका छन् । उनको त्यस कदमलाई संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले समर्थन दिइएको कुरा हालै सार्वजनिक भएको हो । 

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आइतवार विज्ञप्ति जारी गर्दै ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा निर्वाचित बहालवाला राष्ट्रपति मदुरोलाई असम्बैधानिक बताउँदै हुवाँ गुएइदोको उक्त कदमलाई जुन समर्थन गरियो, त्यो उनीहरुकै लोकतन्त्रको निर्लज्ज उपहासका साथै भेनेजुएलाको राष्ट्रिय सार्वभौमिकता माथि गरिएको नाङ्गो हस्तक्षेप तथा अतिक्रमण हो ।’

‘अमेरिकी साम्राज्यवादको हस्तक्षेपकारी गतिविधिको विरोध र भेनेजुएलाको राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाउन संसारभरका सर्बहारा वर्गका साथै विश्वसमुदायसित पनि विशेष अनुरोध गर्दछ ।’ उक्त विज्ञप्तिमा लेखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?