स्वस्तिमाको ‘बुलबुल’ मा जाद्रै बस्यो दिल (भिडियो)

काठमाडौं । चलचित्र ‘बुलबुल’ को गीत सार्वजनिक भएको छ । रिलिज मिति नजिकिँदै गर्दा फिल्मले लोकशैली फ्लेभरको गीत सार्वजनिक गरेको हो ।

‘जाद्रै बस्यो दिल’ बोलको गीतमा रजिना रिमालको स्वर छ भने मणिकला पौडेलको शब्द संकलन छ ।

गीतमा पश्चिमतिर बोलिने भाषिकालाई टपक्क उनेर राखिएको छ । यो गीतमा संगति उमगम परियारको छ ।

विनोद पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म रिलिजअघि नै चर्चामा छ । फिल्ममा स्वस्तिमा खड्कालाई मुख्य नायिकाका रुपमा प्रस्तुत गरिएको छ भने उनीसँगै मुकुन भुसाल पनि शीर्ष भूमिकामा छन् । यस्तै चलचित्रमा जोयश पाण्डे, लक्ष्मी बर्देवा, दिपक क्षेत्री, उज्जल अधिकारी, एलिना कार्की लगायतले अभिनय गरेका छन् ।

फिल्म आउँदो फागुन ३ गतेदेखि नेपालभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?