काठमाडौं । मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने भएको छ ।
नौ महिनादेखि बन्द रहेको मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया दुई देशबीच भएको श्रम सम्झौता अनुसार हुने लागेको हो ।
श्रम सम्झौता अनुसार पहिलो चरणमा कलिङ भिसा आएका करिब ६ हजार नेपाली कामदारलाई मलेसिया दूतावाससँगको समन्वयमा पठाउन लागिएको श्रम तथा रोजगारमन्त्रालयले जनाएको छ ।
दुई दिनअघिमात्र मलेसिया सरकारसँग छलफल गरेर स्वदेश फर्किएका सत्तारुढ नेकपाका सांसद तथा संसदको उद्योग वाणिज्य आपूर्ति तथा श्रम समिति अन्तर्गत श्रम तथा रोजगार उपसमितिका संयोजक एलपी साँवा लिम्बुले अब मलेसिया रोजगारी खुल्ने बताएका हुन् ।
साथै नयाँ कामदार पठाउने सम्दर्भमा मलेसिया सरकारले मापदण्ड बनाएर नेपाललाई जानकारी गराउने र नयाँ प्रक्रिया अनुसार पठाइने भएको छ ।
सरकारले गत जेठ २ गते मलेसिया जाने नयाँ श्रमिकको श्रमस्वीकृति रोको थियो भने गत कात्तिक १२ गते दुई देशबीच द्विपक्षीय श्रम सम्झौता भएको थियो ।
श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान कात्तिक १० गते नेपाल आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया