जनअपेक्षा अनुसार सरकारले काम गर्न सकेनन्: नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको बुहुमत प्राप्त सरकारले गलत काम गरेको आरोप लगाएका छन् । 

बिहीवार बिहान पत्रकारसँग कुरा गर्दै नेता पौडेलले भने, ‘सरकारले जनअपेक्षा अनुसारको काम गर्नुपर्नेमा मनोमानी तरिकाले काम गरिरहेको छ ।’ 

वाइडबडी विमान खरिद प्रकरण, ३३ किलो सुन काण्ड, निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण जस्ता घटनालाई सरकारले बेवास्ता गरेका कारण दोषीलाई कारवाही गर्न नसकेको नेता पौडेललको भनाइ छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?