नेपालमै पहिलो पटक टेष्ट ट्युब बेवीबाट ५४ बर्षिय महिला आमा बनिन्

काठमाडौं–महिनावारी सुकेको ४ बर्षपछि पनि काठमाण्डौकी एक महिला आइभिएफ अर्थात टेष्ट ट्युब बेवी पद्धतीको उपचारबाट आमा बन्न सफल भएकी छन् ।

ललितपुरको जालखालेखस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरमा टेष्ट ट्युब बेवी बिशेषज्ञ डा. नुतन शर्मासँग उपचार गराएकी काठमाण्डौकी ५४ बर्षिय महिला आमा बन्न सफल भएकी हुन ।

टेष्ट ट्युब बेवी बिशेष डा. शर्मासँग एक बर्षदेखी बाँझोपनको उपचार गराउँदै आएकी ती महिलाको आइतवार राती ९ बजे काठमाण्डौको बयोधास्थित अस्पतालमा जुम्ल्याह सन्तान जन्मिएका हुन । जन्मिएका सन्तान मध्ये छोरीको तौल १ दशमलव ६ र छोराको १ दशमलव ४  छ ।

अहिले आमा र बच्चाहरुको स्वास्थ्य अवस्था राम्रो रहको डा. शर्माले जानकारी दिइन ।

उच्च रक्तचापका कारण थप स्वास्थ्य जोखिम आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै निर्धारित समय अगावै झण्डै ३७ हप्तामै अप्रेशनद्वारा बच्चा निकालिएको टेष्ट ट्युब बेवी बिशेषज्ञ डा. नुतन शर्माले बताइन ।

टेष्ट ट्युब बेवी पद्धतीबाट महिनावारी सुकेको ४ बर्षपछि पनि ५४ बर्षिय महिलाले सन्तान जन्माएको नेपालमै संम्भवत पहिलो पटक हो ।

डा. शर्माले भनिन नेपालको सन्दर्भमा उमेर बढ्दै जादा महिलाको हर्माेनमा आउने परिवर्तन,पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण पनि ५४ बर्षको उमेरमा गर्भाधारण हुनु असामान्य कुरा हो त्यसमा पनि गर्भाधारण परिपक्व भएर दुई सन्तान जन्मिनुले बाँझोपनको समस्या भएका बढी उमेर समुहका दम्पत्तिलाई धेरै राहत मिल्ने बिश्वास लिएको छु ।

बढी उमेर समुहको भएकाले मैले ती महिलालाई शुरुवातदेखी नै उच्च जोखिम समुहमा राखेर उपचार शुरु गरेको थिए, डा. शर्माले भनिन यो सफलताले जस्तो सुकै बाँझोपनको समस्या भएकाहरुको पनि नेपालमै उपचार सम्भव छ भने पुष्टी गरेको छ, त्यसैले सन्तान प्राप्तीको चाहना भएकाहरुले समयमै चिकित्सकसँग परामर्श गर्नु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?