राष्ट्रियसभा बैठक आज बस्दै, मस्यौदा समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेश हुँदै

काठमाडौं । राष्ट्रियसभा बैठक आज मंगलवार बस्दैछ। 

बैठक आज ११ बजको लागि बोलाइएको छ ।

आज बस्ने राष्ट्रियसभाको बैठकमा नियमावली संशोधन गर्न गत पुसमा गठित मस्यौदा समितिको म्याद थपिने भएको छ । समितिका सदस्य परशुराममेघी गुरुङले मंगलबार बस्ने बैठकमा म्याद थपसम्बन्धी प्रस्ताव पेश गर्ने भएका छन् । १५ दिनभित्र संशोधनको मस्यौदा बुझाउने म्याद पाए पनि अहिलेसम्म समितिको जम्मा चार वटा बैठक बसेको छ । 

१३ पुसमा बसेको राष्ट्रियसभा बैठकद्वारा गठित समितिमा जितेन्द्रनारायण देव, जीबन बुढा, दिलकुमारी रावल थापा (पार्वती), परशुराममेघी गुरुङ, रामनारायण बिडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर सदस्य छन् ।

मंगलवार बस्ने राष्ट्रियसभा बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ९पहिलो संशोधन० विधेयक माथि प्रतिनिधिसभाबाट पाएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने जनाइएको छ । 

यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाबाट प्राप्त भुक्तानी तथा फर्स्यौट विधेयकमाथिको दफाबार छलफल सदनमा गरियोस् र त्यसपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शुक्रवार बसेको राष्ट्रियसभा बैठकबाट चार वटा विधेयक छलफलको लागि पारित भएको थियो । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको तर्फबाट गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले ज्येष्ठ नागरिक सम्बन्धित पहिलो शंसोधन विधायकलाई छलफलको लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भनेर पेस गरेका विधेयक बहुमतले पारित भएको हो । 

त्यसैगरि, प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भएको निर्भीक निवारण कोष, नागरिक लगानि दोस्रो शंसोधन कोष, विज्ञापन नियमन गर्ने विधायक ‘२०७५’ छलफलको लागि राष्ट्रियसभाबाट पारित भएको हो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?