प्रतिनिधिसभाको बैठक शुरु, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा तेस्रो अधिवेशनको बैठक शुरु भएको छ ।

आजको बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले “लेखापरीक्षण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७५” पेश गर्ने छन् । 

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “केही नेपाल ऐन संशोधन गर्ने विधये क सम्बन्धी समितिकोप्रतिवेदन, २०७५” पेश गर्ने संघीय संसद सचिवालयले जनाएको छ । 

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका  सभापति पूर्ण कुमारी सुवेदीले “जीवनाशक विषादी व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७५” पेश गर्ने कार्यलालिका रहेको छ । 

जरुरी सार्वजनिक महत्वको प्रस्तावमा  डिला सँग्रौला (पंत)ले “नेपालमा सडक दुर्घटनामा पररे मृत्यु वा घाइते हुनेको तथ्यांक पछिल्लो ५ वर्षमा भयावह रुपमा बढिरहेकोले दुर्घटना रोक्न कदम चाल्नु पर्ने, साथै करिव २६ वर्ष अघि वनाइएको सवारी तथा यातायात व्यवस्था ऐन र २० वर्ष अघिको सवारी तथा यातायात व्यवस्था नियमावलीका आधारमा यातायात व्यवस्थापन भइरहेको अवस्थामा सडक सुरक्षाको व्यवस्थापन, शिक्षा र सचेतनामार्फत सडक प्रयोगकर्तालाई सुरक्षित वनाई राष्ट्रसंघीय दिगो विकास लक्षले तोकेको २०२० भित्र सडकजन्य दुर्घटनामा परेर ज्यान गुमाउनेर घाइते हनेहरुको संख्या घटाउन राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० कार्यान्वयन गरियोस् ।” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन् । 

उक्त प्रस्तावकोमा  सञ्जय कुमार गौतम र रंगमति शाहीले समर्थन  गर्नेछन् । 

व्यवस्थापन कार्यमा गृह मन्त्री रामबहादुर थापाले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले “कर्मचारी समायोजन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गनछन् । त्यसैगरि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्री पद्मा कुमारी अर्यालले “भूउपयोग विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले, “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवदे न सहित नेपालकोसंविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि छलफल गरियोस्” र “नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?