मौसममा गडबड : तीनदिन वर्षा र हिमपात

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तीनदिन वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ । 

शनिवारदेखि सोमवारसम्म काठमाडौंसहित देशभर आंशिकदेखि सामान्य बदली भइ हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको   महाशाखाले जारी गरेको विवरणमा उल्लेख छ । 

यसैगरी शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहने देखिन्छ र देशका केही स्थानहरूमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी राति पश्चिमी र मध्य भूभागमा आंशिक बदली र पूर्वी भूभागमा सामान्य बदली रहने देखिन्छ । पूर्वी तथा मध्य पहाडी र पश्चिमी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पूर्वी हिमाली भेगमा भने हिमपातको सम्भावना देखिएको महाशाखाद्वारा विज्ञप्तिमा उल्लेख गरिएको छ । 

आइतवार भने देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । साथै पूर्वी पहाडी भूभागका केही स्थानमा हल्का वर्षको सम्भावना देखिएको छ भने राति पहाडि क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी क्षेत्रमा मौसम सफा रहने देखिएको छ । 

त्यस्तै सोमवार भने पश्चिमि भूभाग लगायत पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा मौसमसफा रहने देखिएको मौसम महाशाखाले  जनाएको छ । 

पश्चिमी भूभाग लगायत पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानहरूमा भने हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रहरुमा हल्का हिमपातको सम्भावना देखिएको छ । त्यस्तै सोमवार राति पश्चिमी र मध्य भूभागमा सामान्य बदली रहने तथा पूर्वी भूभागमा आंशिक बदली रहने देखिन्छ । पश्चिमी भूभागका केही स्थानहरूमा र मध्य क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?