नागढुंगाबाट लागूऔषधसहित तिन जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषध सहित तिन जनालाई पक्राउ गरेको छ । राजधानीको मुख्य नाका नागढुंगामा छुटाछट्टै चेक जाँच गर्ने क्रममा लागूऔषध सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले विरगंजबाट काठमाडौं तर्फ आउँदै गरेको ना ५ ख २९७ नम्बरको को यात्रुबाहक बस गाडि चेक जाँच गर्ने क्रममा लालितपुर महानगरपालीका वडा नं २६ घर वर्ष १८ को साजन थापालाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका थापासँग खैरो हेरोईन ३  ग्राम फेला परेको प्रहरीले जानकारी दिए । सोही बसमा सवार  लालितपुर गोदावारी नगरपालीका  वडा नं. १३ घर हुुने वर्ष १८ को बिनोद खड्गीको साथबट लागूऔषध नाईट्राभेट ३७ ट्यावलेट फेला परेको प्रहरीले बताए ।

त्यस्तै महानगरी प्रहरी प्रभाग नागढुंगाका प्रमुख ज्ञानवहादुर खड्काकै नेतृत्वको टोलीले चेक जाँचकै क्रममा हेटौँडाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ४ ख ७४३५ नम्बरको को यात्रुबाहक बस चेक जाँच गर्ने क्रममा काठमाडौं नागाअर्जुन नगरपालीका वडा नं ९ घर हुुने वर्ष ३३ को सुन्दर खडकालाई लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनलको साथबाट फेनारगन १७ एम्पल  नुफिन १७ एम्पल र डाईजेल्याब १७ एम्पल फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए । 

पक्राउ गरेका तीनजनालई आगूऔषध एन अन्तर्गत मुद्दा चलाईने थानकोट प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?