बृद्धाश्रममा सोलार प्यानल जडान

काठमाडौं–लायन्स क्लव ईन्टरनेशनलको सहयोगमा नुवाकोट, विदुर नगरपालिका वडा नम्बर ५ स्थित देवीघाटस्थित जेष्ट नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको बृद्धाश्रममा एक थान सोलार प्यानल जडान गरि हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रम लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का गभर्नर लायन अशोक श्रेष्ठको प्रमुख आतिथ्यतामा र लायन्स क्लब अफ काठमाडौ म्यादी युथका अध्यक्ष राजाराम थापाको अध्यक्षतामा सम्पन्न भएका थियोे।

 कार्यक्रममा मन्तव्य राख्दै गभर्नर श्रेष्ठले  सामाजिक सेवामा लायन्स हरुको भूमिका महत्त्वपूर्ण रहको र सेवाकार्यमा एकमन भै लाग्नु पर्ने कुरा बताए ।
सामाजिक सेवामा सकृय लायन्स क्लवको लिभिङ बाई गिभिङ अर्थात ‘दिएर बाँचौ’ भन्ने मूल कार्यक्रम अन्तरगत यी समाग्रीहरु बितरण गरिएको कुरा लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष अुनुज कुमार श्रेष्ठले बताए ।
विभिन्न १६ वटा क्लबहरु तथा डिस्ट्रिक पदाधिकारीहरुको सहयोगमा गत माघ महिनामा सोलार प्यानल जडान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?