आफूलाई अलग गरेर पार्टी एकता : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले आफूलाई अलग गरेर पार्टी एकता गरेको आरोप लगाए ।

आइतवार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले तीनवटा राप्रपाबीच एकीकरणको आधारपत्र तयार पारे पनि आफूलाई अलग गरेर पार्टी एकता गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘त्यो एकताको आधारपत्र मैले नै तयार पारेको हुँ, उहाँहरुले तीन राप्रपा लेखिएको ठाउँमा दुई राप्रपा लेखेर हस्ताक्षर गर्नुभएको छ, पशुपतिजीले र प्रकाशजीले हस्ताक्षर गरेको कागजमा म भोलि नै एकता गर्न तयार छु, उहाँहरु तयार हुनुहुुन्छ ?’

जबरा र लोहनीले गत माघ १८ गते पार्टी एकता गरेका थिए । पार्टी एकतापछि दुवै पार्टीा अध्यक्ष जबरा र लोहनीको पदीय हैसियल बराबर हुने र पार्टीको नाम राप्रपा (संयुक्त) हुने साथै चुनाप चिह्न हलो हुने सहमति दुई दलबीच भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?