इजलासमा कानुन व्यवसायीलाई कडाइ

काठमाडौं। मुद्दा व्यवस्थापन पद्धति विकास अध्ययन समितिले अब इजलासमा कानुन व्यवसायीका लागि समय सूचक यन्त्र व्यवस्था गरी बहस सुचारु गर्नुपर्ने सुझावसहितको मस्यौदा तयार पारेको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

 लामो समय एउटै मुद्दाले अरू पेसीमा बहस हुनै नसक्ने परिपाटी हटाउन समितिले कानुन व्यवसायीका लागि इजलासले समय सूचक व्यवस्था गर्ने गरी सुझाव दिएको हो ।
गत साता सर्वोच्चमा भएको कार्यक्रममा मुद्दा व्यवस्थापन समिति अध्ययन समितिका संयोजक श्रीकान्त पौडेलले मुद्दा व्यवस्थापन नगरे अदालतमा कार्यबोझ बढ्ने बताए । समय सूचकको व्यवस्था नहुँदा अदालतमा एउटै मुद्दाले अन्य मुद्दा पर धकेलिने परिस्थिति बनेको पौडेलको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?