फागुन ६ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल फागुन ६ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

1.नयाँ शक्ति पार्टी नेपाल र कांग्रेस रसुवाबीच पार्टी एकीकरण: नयाँ शक्ति पार्टी नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रसुवाबीच पार्टी एकीकरण हुने भएको छ । नयाँ शक्तिको तर्फबट प्रत्यक्षतर्फ निर्वाचित एक मात्र प्रदेश सांसद प्रेम तामाङ तथा एक मात्र निर्वाचित गाउँपालिका प्रमुख बुचुङ तामाङसहित नयाँ शक्ति पार्टी नेपाल र नेपाली कांग्रेस रसुवाबीच ऐतिहासिक तथा गौरवशाली समायोजन तथा एकीकरण हुने भएको हो । 

 

2. राजसंस्थाबारे हेटौँडाबाट भयो यस्तो खुलासा: राजसंस्थाबादी बृहत समूहका केन्द्रीय संयोजक किशोरी महत्तोले राजसंस्थालाई राख्ने सहमति भएको बताएका छन् । आज हेटौँडाको न्यूज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै संयोजक महत्तोले तात्कालिन राजा ज्ञानेन्द्र र दलहरुसँग राजसंस्था राख्ने सहमति भएको दाबी गरे । उनले उक्त कागज अब चाँडै नै जनताको हातहातमा हुने दाबी समेत गरे । 

 

3. ओली सरकारले भ्रष्टाचार र बेथितिको जग बसायो -नेता पौडेल: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टचार, बेथिती र विसंगतिको जग बसालेको गम्भीर आरोप लगाएका छन् । केही दिनअघि प्रधानमन्त्री केपी ओलीले आफ्नो एक वर्षे कार्यकाल पुरा भएपछि देशबासीका नाममा सम्बोधन गर्दै सम्बृद्धिको जग बसाएको उल्लेख गरेका थिए । 

 

4. विद्यार्थीको घेराऊ लगत्तै त्रिविले स्ववियुको केन्द्रीय निर्वाचन समिति घोषणा गर्यो: त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सन्पन्न गर्न केन्द्रीय निर्वाचन समन्वय एवं निरिक्षण समितिको  घोषणा गरेको  छ । आज (सोमवार) स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दवाव दिन त्रिभुवन विश्वविद्यालय घेराऊ गर्न पुगेका सत्तारुढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को घेराउ कार्यक्रमै सो समितिको नामावली सार्वजनिक गरिएको छ ।

 

5. एकता टुंगो लगाउन गठित कार्य दलका सदस्यसँग छलफल गर्ने नेकपा सचिवालयको निर्णय: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन गठित कार्य दलका सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ । नेकपा पार्टीको सचिवालयको सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनबारे टुंगो लगाउन कार्य दलका सदस्यहरुसँगै एक पटक सामूहीक छलफल गर्ने निर्णय गरेको हो । 

 

 6. कांग्रेस सांसद सिंहद्वारा पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गायक पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा गरेका छन् । सोमवार दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद डा. अमरेशकुमार सिंहले गायक शर्मालाई सो दिने घोषणा गरेका हुन् । उनले फागुन महिनाको पारिश्रमिक दिने बताएका हुन् । 

 

7. झपट रावलको कांग्रेसलाई झापड,‘लुट्न सके लुट कान्छा’ गीत गाए एक महिनाको पारिश्रमिक दिने: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद झपट रावलले कांग्रेस सांसदलाई  ‘लुट्न सके लुट कान्छा’ गीत गाए एक महिनाको पारिश्रमिक दिने बताए । सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई सो गीत गाए वापत एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका थिए । सो घोषणाप्रति नेकपा सांसद रावलले असन्तुष्ति जनाएका हुन् । 

 

8. स्ववियु चुनाव चैत महिनाभित्र गर्न शिक्षा मन्त्री पोखरेलको प्रस्ताव: शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैत महिनाभित्र स्ववियु चुनाव गर्न प्रस्ताव गरेका छन् । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले चैतभित्रै स्ववियु चुनाव गराउनु पर्ने बताएका हुन् । साथै उनले प्रतिपक्षी दल यसका लागि तयार हुनुपर्ने बताए ।

 

9. दुर्घटनामा घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन: बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईएको आज निधन भएको छ । सडक दुर्घटनामा परी घाइते भएका प्रमुख भट्टराईको उपचारका क्रममा आज (सोमवार) काठमाडौं त्रिवि शिक्षण अस्पतालम निधन भएको हो । 

 

10. जनकपुरमा ११ वर्षीय बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि: जनकपुरमा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । मिथिला नगरपालिकामा गत बिहीवार आधा शरीर जलेको अवस्थामा फेला परेकी रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको हो । 

 

11, वरियताक्रम भंग गर्दै सेना, उच्च पदस्थहरुको मिलेमत्तोमा आसेपासेहरुको पदोन्नति !: रसुवाका रामचन्द्र तामाङले नेपाली सेनामा सेवा शुरु गरेको १४ वर्ष पूरा भयो । अहिले उनी श्री सुन्दरीजल आर्सनल कार्यालयमा कार्यरत छन् । सिपाही पदबाट सेवा शुरु गरेका उनी यसपालि आफ्नो पदोन्नति हुने कुरामा लगभग ढुक्क थिए । तर, श्री सुन्दरीजल आर्सनल कार्यालयमा यस वर्ष अन्य वर्षभन्दा भिन्न तरिकाले ‘पदोन्नति’ भयो । विगत १ सय १९ वर्षदेखि ‘वरियता  लाई प्राथमिकतामा राखेर पदोन्नति हुँदै आएको भएतापनि यसपटक त्यस्तो नभएको सेनाहरुले बताए ।

 

12, नेपाली युवा फुटबल टोली भारत प्रस्थान: एन्फाको यू-२१ फुटबल टिम डा ता आओ फुटबल च्याम्पियनसिप खेल्न भारत प्रस्थान गरेको छ । नेपाली टिम सोमवारै  भारतको गुहावटी प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले च्याम्पियनसिपमा सहभागि जनाउने २० सदस्यीय टोलीको विदाई गरेको हो ।

 

13. महिला फुटबल टोली मंगलवारदेखि बन्द प्रशिक्षणमा बस्दै: अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मंगलवारदेखि सुनसरीको इटहरीमा शुरु हुँदैछ । नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ गतेदेखि चैत ७ गतेसम्म विराटनगरमा आयोजना गर्दैछ । एन्फा प्रवक्ता किरण राईका अनुसार शनिवार भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता बनेको नेपाल आज स्थलमार्गबाट झापा हुँदै इटहरी आउने र मंगलवारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ । 

 

14, महोत्तरीमा लुटेरा र प्रहरीबीच गोली हानाहाना, तीन लुटेरा पक्राउ: महोत्तरीमा लुटेरा र प्रहरीबीच गोली हानाहाना भएको छ । पुस २२ गते मनरा नगरपालिका २ स्थित भोलिहिमा रामसेवक यादवको घर गोदाममा भएको लुटपाटमा संलग्न लुटेरा पक्राउ गर्ने पक्रममा प्रहरी र लुटेराबीच गोलीहाना भएको हो। 

 

15, ‘डीपीएल’ क्रिकेट-रुपन्देही च्यालेन्जर्स प्ले अफमा प्रवेश, धनगढी प्रतियोगिताबाट आउट: रुपन्देही च्यालेन्जर्स जारी धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । फाप्ला क्रिकेट मैदानमा सोमवार भएको खेलमा रुपन्देहीले  डिफेन्डिङ च्याम्पियन धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । 

 

16. प्रभु बैंक र नेप्सेबीच शेयर मूल्य समायोजन: प्रभु बैंकको नेपाल स्टक एक्सचेञ्जमा शेयर मूल्य समायोजन भएको छ । बैंक नेप्सेबीच आज ‘सोमवार’ शेयर मुल्य समायोजन भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयरपश्चात शेयरमूल्य समायोजन भएको हो। साथै नेप्सेले बैंकको बोनस पश्चात समायोजित शेयर मूल्य प्रतिकित्ता २ सय १० रुपैयाँ १९ पैसा निर्धारण गरेको छ ।

 

17. शिवम् सिमेन्टसको सार्वजनिक निष्काशन आजदेखि खुल्ला: सिद्धार्थ क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्मा शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री आजदेखि खुल्ला भएको छ । सिद्धार्थ क्यापिटल तथा शिवम् सिमेन्टस्कोे प्रति शेयर १ सय अंकित दरमा प्रिमियम वापत २ सय थप गरी प्रति शेयर ३ सयका दरले ४१,२०,००० कित्ता साधारण शेयर सर्वसाधारणका लागि आजलेखि बिक्री खुल्ला गरिएको हो । 

 

18 . फेशन शोमा नायिका निताको यस्तो लुक्स: पछिल्लो समय थोरै चलचित्रमा मात्र देखिन थालेकी नायिका निता ढुंगाना फेशन शो तथा म्युजिक भिडियोमा फर्किएकी छिन् । पछिल्लो समय उनी फरिया डिजाईनले आयोजना गरेको ‘ईलिजेन्ट ब्राईडल फेयर’ नामक फेशन शो तथा फेयरमा आकर्षक रुपमा प्रस्तुत भएकी हुन् । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?