करेन्ट लागेर बैतडीमा विद्युत कर्मचारीको मृत्यु

बैतडी । करेन्ट लागेर बैतडीमा आज बिहान एक एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्युत कर्मचारी पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेका हुन् । 

बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युतको विद्युतगृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए ।

प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?