राष्ट्रिय परिचय पत्र तथा पञ्जियकरण सम्बन्धी विधेयमाथि दफावार छलफल शुरु

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचय पत्र तथा पञ्जियकरण सम्बन्धी विधेयमाथि दफावार छलफल शुरु भएको छ । 

बुधवार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्रालयका पदाधिकारीले विधेयकमा भएका प्रावधानबारे समितिलाई जानकारी गराइएको थियो । 

प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्न र व्यक्तिका वैयक्तिक तथा जैविक विवरण तथा राष्ट्रिय परिचय नम्बरसहितको बहुउपयोगी परिचय पत्र उपलब्ध गराउने कानून तर्जुमाका लागि यो विधेयक ल्याएको हो । 

 यसैगरी बैठकमा जेष्ठ नागरिक सम्बन्धी ऐन पहिलो संशोधन विधेयकमाथि छलफल हुने समेत कार्यसूची रहेको छ । सो विधेयकमा जेष्ठ नागरिकका हक अधिकारको विषय समावेश गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?