समाजसेवी परशुराम–शकुन्तला दाहाल प्रतिष्ठानको कार्यक्रम सम्पन्न, बाबा ताल निर्माणमा जोड

स्वर्गीय समाजसेवी परशुराम दाहाल र शकुन्तला दाहालको संझनामा आयोजित कार्यक्रम सम्पन्न भएको छ ।

दाहालका छोराहरु प्रा. डा.रामप्रसाद दाहाल, संविधानविद् काशीराज दाहाल र केशवप्रसाद दाहालद्वारा स्थापित प्रतिष्ठानद्धारा आयोजित कार्यक्रम प्रदेश नंबर २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनालको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । 

०६९ सालदेखि विविध कार्यक्रम गर्दै आएको प्रतिष्ठानले यसपटक उहाँहरुको कर्मस्थल सिरहा बन्दिपुरमा  अन्तक्रिया तथा सम्मान कार्यक्रम गरेको हो ।

प्रतिष्ठानले प्रकाशित गरेको बुलेटिन विमोचन गर्दै मन्त्री सोनलले परशुराम बा का सुपुत्रहरुले बुबा आमाको नाममा धर्म र संस्कृति संरक्षण र विकासलाई जोडेर गर्दै आएको समाजसेवाको कामलाई प्रंशसा गर्दै भने, जनकधाम, सीता नगरीको नजिकै रहेको नन्द बाबाको क्रिडास्थलमा बाबा ताल निमार्ण गरी यसमा जे जति विकास भएको छ । अझ त्यसमा प्रदेश सरकारले के कस्तो गर्न सक्छ त्यसतर्फ मेरो कदम अगाडि बढिरहने छ । 

असल छोराहरुले माता पिताका नामा यस्तै श्रद्धायोग्य कार्य गर्नुपर्ने उनको भनाई थियो ।

यसैबिच प्रदेश दुईका नीति आयोगका सदस्य डा.सुरेन्द्र झाले पर्यटन प्रबद्र्धन र विकास अनि चुरे क्षेत्रको संरक्षणका लागि प्रदेश सरकार स्वयं लागिरहेको भन्दै यस क्षेत्रको विकासमा सक्दो पहल र प्रयत्न गर्ने बताए ।

कार्यक्रममा जिल्ला विकास समन्वय समितिका अध्यक्ष, जनकपुर उच्च अदालतका मुख्य न्यायधीश हरिप्रसाद पोख्रेल, मेयर मञ्जु खड्का, संविधानविद् काशीराज दाहाल लगायतले प्रतिष्ठानका गतिविधि, राष्ट्रिय विकासको महत्व बाबा तालको प्रकृति संरक्षण लगायतका विविध विषयमा प्रकाश पारे ।

सबैको सामुहिक जोड संस्कृति, सभ्यता, नैतिकता, आदर्श र स्नेह कायम राख्दै विकास निर्माणमा लाग्नुपर्ने भन्ने थियो ।

प्रतिष्ठानका संरक्षक डा. रामप्रसाद दाहालले – मेरो देशको आँगनीमा छैन कोही पराइ मुटुमा जोडिएको छ हिमाल, पहाड, तराई भन्दै यो क्षेत्रको विशिष्टता राम, सीता र गीताका कुरा गरे ।

कार्यक्रम ईश्वर मगरलाई प्रतिभा सम्मान पुरस्कार वितरण गर्नुका साथै विभिन्न महानुभावहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो भने भने उद्घोषण टंक कार्कीले गरेको थिए र कार्यक्रम करिब २५० जना विभिन्न क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।   

प्रतिष्ठानका संरक्षक तथा शिक्षाविद् प्रा.डा.रामप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रम भएको थियो । 

 

  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?