अवैध मदिरा बरामद

काठमाडौं । महानगरीय प्रहरी वृत्त वानेश्वरका कार्यालय प्रमूख समेतको टोली वानेश्वर ईलाकाको विभिन्न स्थानबाट घरेलु मदिरा २ हजार लिटर, घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ (जाँड) ८ हजार के.जी र सो मदिरा बनाउन प्रयोग हुने सय थान भाडाकुँडा बरामद गरेको छ ।

शान्तिनगर, सुकुम्बासी बस्ति, बुद्धनगर, पुरानो बानेश्‍वर, थापागाँउ र नरेफाँटमा सर्च  बरामद गरिएका हुन् । 

बरामद गरिएको मदिर नष्ट गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?