एनसेलमाथि श्रृङ्खलाबद्ध आक्रमण, पोखरामा पनि एनसेलको टावर जलाइयो

कास्की– एनसेलमाथि अज्ञात समूहले श्रृङ्खलाबद्ध आक्रमण गरेको छ । बागलुङमा एनसेलको टावर जलाएको अज्ञात समूहले कास्कीको पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाडाको नाकमा पनि आगजनी गरेको छ ।

शुक्रबार राति अज्ञात समूहले सो टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार टावर जलेर ध्वस्त भएको छ।

आजै अज्ञात समूहले एनसेलको ललितपुरस्थित प्रधान कार्यालयको गेटमै बम विस्फोट गराएको थियो ।

यता काभ्रे जिल्ला कोसीपारी भुम्लु गाँउपालिकास्थित सल्ले भुम्लुमा रहेको एनसेल टावरमा पनि बम बिस्फोट भएको खबर छ । यद्यपी यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?