शैक्षिक कन्सलटेन्सीको डरलाग्दो जालो, प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म असुली

काठमाडौं । देशमा शैक्षिक परामर्श सेवा (कन्सलटेनसी)को जालो यति धेरै बढ्न पुगेको छ कि तिनको ठगी धन्दाले अभिभावक र विद्यार्थी ठगिने क्रम दिन प्रतिदिन बढ्दो छ ।
राजधानी दैनिकमा खबर छापिएको छ । कन्सलटेनसीमार्फत उच्च शिक्षा अध्ययन गरी सुनौलो भविष्य कोर्न विभिन्न देशमा पुगेका सयौं विद्यार्थी बिचल्लीमा पर्ने क्रम पनि बढ्दो छ । अस्ट्रेलियामा नर्सिङका लागि शैक्षिक कन्सलटेन्सीले विद्यार्थी भर्नादेखि सबै प्रक्रियाका नाममा विद्यार्थीबाट १५ देखि २० लाख रुपैयाँसम्म असुलेको पाइएको छ ।सरकारी निकायले प्रभावकारी अनुगमन नगर्दा अधिकांश शैक्षिक कन्सलटेन्सी लगामबिनाका घोडा बन्दै गएको गुनासो आमअभिभावकको छ ।

आर्थिक लाभको नाममा कन्सलटेन्सीले धमाधम विद्यार्थी पठाउँदा कतिपय विदेशमा पुगेपछि अलपत्र पर्ने गरेका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमतिपत्र शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–७५ मा मात्रै ५८ हजार ७५८ जना विद्यार्थी बिदेसिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?