आश्चर्यलाग्दो पृथ्वीको चुम्बकीय क्षेत्र

हामी बस्दै आएको पृथ्वी आफैंमा रहस्यमय छ । यो अरू कुनै ग्रहसँग मेल खाँदैन । यो सौर्य मण्डलको एक मात्र यस्तो ग्रह हो, जसमा प्राणीको अस्तित्व छ । तर, प्राणीहरूमा सबैभन्दा सचेत प्राणी मानिसले यसबारेमा धेरै कुरा त ख्याल पनि गरेको छैन । हामी मानिसले ध्यान दिने केही बाहिरी कुराहरूबाहेक धेरै कुराहरू त रहस्यमा पनि रहँदै आएका छन् । तर, मानिसले यसको खोजी कार्य नगरेको भने होइन ।

पृथ्वीमा रहेका यिनै रहस्य वा तŒवका कारणले यो अरूभन्दा फरक छ र प्राणीको अस्तित्व पनि छ । शताब्दीयौंदेखि यही पृथ्वीमा रहँदै आउनु तर यसबारे प्राणीहरूले कमभन्दा कम जानकारी राख्नु यो नै आफंैमा एक रहस्य र आश्चर्य दुवै हो ।
पहिलो कुरा त पृथ्वीको सतह यसको मुनि रहेका विशाल टेक्टोनिक प्लेटहरूले धानिरहेका छन् । अस्तित्वमा राखिरहेका छन् । यिनै टेक्टोनिक प्लेटका कारणले पृथ्वीको बाहिरी सतह आरामदायी बनेको छ ।
एउटै सौर्यमण्डलमा रहने तर फरक रचना रहने यो पनि आफंैमा नौलो र आश्चर्य हो । यिनैले पृथ्वीको सतहमा जहाँत्यही ज्वालामुखी फुट्नबाट रोकेका छन् । बचाएका छन् र हराभरा पृथ्वी जिइरहेको छ ।
दोस्रो कुरा, पृथ्वीको जीवमैत्री सतह रहनु हो । यो सतह यति फैलिएको छ कि जसमा पानी र ग्याँसजस्ता पदार्थहरू सजिलै रहेका छन् । फैलिएर पनि अनन्तसम्म नगई गोलो हुनु आफैंमा आश्चर्य हो । गोलो भएर पनि ग्याँस तथा तरल पदार्थ यसैको बाहिरी सतहमा रहनु अर्को आश्चर्य हो । यसलाई कसैले दैवी शक्तिका रूपमा त कसैले भौतिक वा गुरुत्व शक्तिका रूपमा व्याख्या गरेका छन् ।

तेस्रो कुरा, पृथ्वी आफंैमा सिलिकन, अक्सिजन र फलामको सबैभन्दा बढी समिश्रण हो । पृथ्वीमा ३२ दशमलव १ प्रतिशत फलाम, ३० दशमलव १ प्रतिशत अक्सिजन र १५ दशमलव १ प्रतिशत सिलिकन बालुवा र १३ दशमलव ९ प्रतिशत म्याग्नेसियम रहेको छ । यो बाहिरी सतहको कुरा हो तर पृथ्वीको भित्री केन्द्र मण्डलमा भने ८८ प्रतिशत फलाम रहेको छ ।
चौथो कुरा, पृथ्वीको सतहको मात्र कुरा ग¥यौं भने ७० प्रतिशत पानी छ अर्थात् ७० प्रतिशत भूभाग पानीको मुनि छ । मानिसको शरीरमा पनि ७० प्रतिशत पानी रहेको छ । यसैका कारण अन्तरिक्षबाट हेर्दा पृथ्वी हरियो देखिने गर्दछ । यो हरियो ग्रह पानीका कारणले बन्न पुगेको हो ।

पाँचौं कुरा, पृथ्वीको १० हजार किलोमिटर माथिसम्म हावा फैलिएको छ । यो हावा त्यहाँबाट अन्यत्र कतै पनि जान सक्दैन । गएको पनि छैन । यसले पृथ्वीमा प्राणीको अस्तित्वका लागि अनुकूल वातावरण तय गरिदिएको छ । यसले पृथ्वीको कपडाको जस्तो काम गरिदिएको छ । जीवन रक्षाको काम गरिदिएको छ ।
छैठौं कुरा, हामीले निकै ध्यान पु¥याउनुपर्ने कुरा भनेको पृथ्वीको केन्द्र मण्डलमा ८८ प्रतिशत फलाम रहेकै कारण पृथ्वीको गुरुत्व बल छ । पृथ्वीको चुम्बकीय शक्ति पनि यसैका कारणले रहेको छ । पृथ्वीको वरिपरि यही चुम्बकीय शक्तिले काम गरेको छ । पृथ्वीले आफ्नो कक्ष र अक्षमा निरन्तर फन्को मारिरहँदा पनि वायु तथा पानीजस्ता पदार्थहरू पृथ्वीबाहिर जान नसक्नु यसैका कारणले हो ।

पृथ्वीमा ऋणात्मक झड्काहरू पैदा भइरहनु यसैको कारण हो । भनिन्छ, पृथ्वीका आफ्नै गुरुत्व बल र गुरुत्वाकर्षण शक्तिका कारण यो आफंैमा गति पैदा भइरहन्छ । पृथ्वी आफंैले चुम्बकीय क्षेत्र बनाएको छ । आफूलाई पनि सुरक्षित राखेको छ । यसका कारण यो न त अरू ग्रहहरूमा ठोकिन जान्छ, न त अरूलाई यसमा ठोकिन आउन दिन्छ । परिभ्रमणका क्रममा कहिलेकाहीँ सूर्य, तारा या अरू ग्रहको नजिक हुँदा पनि यसको आन्तरिक शक्तिको सन्तुलनले अरूलाई विकर्षित गराइदिने क्षमता राख्दछ । यसले आफ्नो निश्चित क्षितिजीय शक्तिसहित लक्ष्मण सीमारेखा राख्दछ ।
सातौं कुरा, पृथ्वीले आफ्नो अक्षमा आफूलाई एकपटक फनक्क घुमाउन २४ घण्टा होइन, २३ घण्टा, ५६ मिनेट र ४ सेकेन्ड लाग्छ । पृथ्वीलाई आफ्नो अक्षमा घुम्न २४ घण्टा सरदर मान्ने हो भने हरेक दिन ५६ सेकेन्ड बाँकी रहन्छ । हरेक वर्षमा ३६५ दिन हुँदैन । पृथ्वीको एउटा मात्र चन्द्रमा छ । अरू ग्रहहरूका धेरै छन् । -राजधानी दैनिकबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?