दुई सय ६ नेपाली मलेसियाली जेलमा

 क्वालालम्पुर –रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई सय ६ नेपाली छन्। तीमध्ये धेरैजसो अवैध रूपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन्।

दूतावासका प्रथम सचिव प्रेमराज गौतमका अनुसार मलेसिया आएपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन्। कतिपयचाहिँ चोरी, लागुऔषध कारोबार, अपहरण, जुवातासजस्ता गम्भीर मुद्दामा जेल पुगेका छन्। ‘जुन कम्पनीमा काम गर्न आएको हो त्यसमा चित्त नबुझेपछि गैरकानुनी रूपले अर्को कम्पनीमा काम गरेर बस्ने नेपालीको संख्या धेरै छ’, गौतमले भने, ‘बाहिर आउजाउ गर्दा बेलाबेलामा यहाँको अध्यागमन प्रहरीको छड्के जाँचमा परेपछि त्यसरी अवैध रूपले काम गर्ने र बस्ने समातिन्छन्।’ उनका अनुसार अवैध रूपले बसेकालाई प्रहरीले क्वालालम्पुरको पुत्राजयस्थित अध्यागमन विभाग हुँदै अदालतमा पेस गर्छ। यस्तै प्रहरी र रोजगारदाता कम्पनी सञ्चालकसँगको दुव्र्यवहारका कारण समेत कतिपय नेपाली जेल परेका छन्। कम्पनी सञ्चालकसँग झगडा गरेर, भाषा नबुझ्दा स्थानीयसँग झगडा गर्ने र प्रहरीलाई पनि नराम्रो व्यवहार गरेका कारण केही नेपालीले मुद्दा खेपिरहेका छन्। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?