जन्मदिनको अवसरमा प्रधानमन्त्रीद्वारा वृक्षारोपण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोपेका छन् । 

बालुवाटारमा परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोपेका हुन् । 

यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेका छन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएकी छिन् । 

प्रधानमन्त्री ओलीलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ,अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मेका हुन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?