विस्फोटको भ्रत्सना गर्दै विवेकशील साझाले भन्यो,‘लोकतान्त्रिक प्रक्रिया माथिकै चुनौती’

काठमाडौं । शुक्रवार राति काठमाडौं उपत्यकासहित देशभर भएको हिंसात्मक विस्फोटको विवेकशील साझा पार्टीले भ्रत्सना गरेको छ । 

पार्टीका प्रपक्ता डा. सूर्यराज आचार्यले विज्ञप्तिा जारी गर्दै भनेका छन्, ‘द्वन्द्वोत्तर मुलुकको कष्टकर घाउमा राम्रोसँग खाटा बस्न पनि पाएको छैन । यहि परिवेशमा भर्खरै देशका विभिन्न भागमा हिंसात्मक विस्फोटका घटनाहरुले हामीलाई पुनः त्यही नमिठो स्मरणले झस्काएको छ । भीषण द्वन्द्वबाट गुज्रिएको मुलुकमा फेरि यस्ता हिंसात्मक घटनाहरु घटित हुन थाल्नु मुलुकको संविधान, विधिको शासन तथा सम्पूर्ण लोकतान्त्रिक प्रक्रिया माथिकै चुनौती, चिन्ता र आपत्तिको विषय हो ।’ 

यसैगरी ‘अतः आफ्ना असन्तुष्टि, मान्यता र गतिविधिहरुलाई लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा अभिव्यक्त गर्न पाइने संवैधानिक व्यवस्था हुँदा हुँदै हिंसा, हत्या र विध्वंसद्धारा समाजलाई आतंकित पार्ने जोसुकैले गरेका गतिविधि भए पनि विवेकशील साझा पार्टीले घोर निन्दा र भ्रत्सना गर्दै सामाजिक ध्वंसमा विश्वास राख्ने दल या समूहलाई चाँडो भन्दा चाँडो हिंसालाई त्यागेर लोकतान्त्रिक विधि र प्रक्रियामा विश्वास गर्न आह्वान गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।  

‘हत्या हिंसा र आतंकबाट सामाजिक परिवर्तनको दिगो र प्राकृतिक बाटो कहिल्यै पहिल्याउन सकिदैन भन्ने कुरामा हाम्रो पार्टी दृढ विश्वास गर्दछ’

साथै विस्फोटमा परी मृत्यु भएका मृतकको आत्माको चीर शान्तिमको कामना गर्दै घाइते भएका नागरिकहरुको शिघ्र स्वास्थ्य कामना गर्दै विस्फोटबाट भएको क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारसँग विवेकशील साझाले माग गरेको छ । 

‘भर्खरको घटनामा मृत्यु भएका मृतकको आत्माको चीर शान्तिको कामना गर्दै घाइते भएका नागरिकहरुको शिघ्र स्वास्थ्योपचार गर्न र क्षति भएका नागरिकहरुका हकमा क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारसँग माग गर्दछ । यस प्रकारको कायरतापूर्ण हिंसाबाट पिडित घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछ’ विज्ञप्तिामा लेखिएको छ । 
यसैगरी विस्फोटमा संलग्न दोषी पत्ता लगाइ यथाशिघ्र कानूनी कारवाही गर्न समेत सरकारसँग विवेकशीले माग गरेको छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?