कपिलवस्तुबाट पाँच लाख बराबरको चाँदीसहित एक पक्राउ

जितपुर । प्रहरीले कपिलवस्तुबाट पाँच लाख बारबरको अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । 

कपिलवस्तु नगरपालिका–१ तौलिहवा बसपार्कबाट भारतको जिल्ला सिद्धार्थनगर ग्राम उस्का बजार बस्ने वर्ष ७६ का ओमप्रकाश बर्मालाई प्रहरीले चाँदीसहित नियन्त्रणमा लिएको हो । विशेष सुराकीका आधारमा प्रहरी टोलीले बर्माको शरीर खानतलासी गर्दा सेतो रङको आसकोटभित्र चाँदी फेला पारेको बताइएको छ । 

आसकोटभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी जस्तो देखिने आयात आकारको थान ४ (चार) ८ किलो ४ सय चाँदी फेला परेको प्रहरीको भनाइ छ । बरामद गरिएको चाँदीलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएकोे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?