नेपाल प्रहरीको प्राविधिकतर्फ भर्ना खुल्ला

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुलेको छ । 

प्रहरी प्रधान कार्यालयले सोमवार एक सूचना जारी गरी  नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुल्ला गरेको हो । 

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केनाइन महाशाखा, हातहतियार मर्मत शाखा र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका लागि कर्मचारी माग गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?