राष्ट्रपति भण्डारीको उपस्थितिमा सेना दिवस मनाइदै

काठमाडौं ।  नेपाली सेनाले सोमबार जंगीअड्डा, भद्रकालीमा विशेष समारोहबीच सेना दिवस मनाउँदैछ ।

सो अवसरमा  उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिनेछ भने नयाँ स्थापना भएका गणलाई निशानी चिहृन प्रदान गरिने जनाइएको छ । यो वर्ष दुई वटा नयाँ गण स्थापना भएका छन् ।

सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सो समारोह सम्पन्न हुनेछ भने  कार्यक्रममा पहिले राष्ट्रपति भण्डारीलाई सलामी दिइनेछ । कार्यक्रममा सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौज लगायतका प्रदर्शनी समेत गरिँदै छ । 

औपचारिक कार्यक्रममा साढे १० बजे देखि शुरु हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?