ग्याँस व्यवसायीले आजदेखि नियमित ग्याँस ढुवानी गर्ने

काठमाडौं । ग्याँस व्यवसायीले आज (बुधवार)देखि नियमित ग्याँस ढुवानी गर्ने भएको छ । 

गत शुक्रवारदेखि आन्दोलनरत ग्याँस व्यवसायी र सरकारबीच हिजो (मंगलवार) सहमति भएको थियो । सो सहमतिसँगै ग्याँस व्यवसायीले आजदेखि नियमित ढुवानी गर्ने भएको हो । 

उद्योग, वाणिज्यमन्त्री मातृका यादवको उपस्थितिमा नेपाल आयल निगम र ग्याँस उद्योग संघबीच ३ बुँदे भएको थियो ।

वार्तामा निगम सञ्चालक समितिले गठन गरेको समितिले व्यवसायीका माग सम्बोधन गर्ने गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने, ग्याँससहित पेट्रोलियम पदार्थ सुधार र व्यवस्थापनको लागि मार्गचित्र बनाउन उच्चस्तरीय समिति बनाउने र ग्याँस उद्योगी व्यवसायीले गरेको आन्दोलन फिर्ता गर्ने सहमति भएको थियो ।  

सो तीन बुँदे समहति भएसँगै उद्योगीले आजदेखि भारतबाट ग्याँस ल्याउने भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?