दाङमा ट्रिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

दाङ । दाङमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका ३ बस्ने ५९ वर्षीय ठाकुरप्रसाद महरा छन् । 

घोराही–मुर्कुटी सडकखण्ड अन्तर्गतको घोराही उपमहानगरपालिका ४ कुमाकी ढुंगेमोड नजिकै रा१ख ८९० नं.को ट्रिपरले रा३प ३३५७ नं. मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार महराको मृत्यु भएको हो । 

त्यस्तै मोटरसाइकल पछाडि बसेका महराको उपचारका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

यसैगरी मोटरसाइकल चालक बंगलाचुली २ का कमलाल पौडेलको खुट्टामा चोक लागेको र प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?