राष्ट्रपति भण्डारी र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यूर्योकमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेकी छिन् । 

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू)को ६३औँ बैठकमा भाग लि नगत आइतवार न्यूर्योक पुगेकी राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजसँग भेटवार्ता गरेकी हुन् । 

भेटवार्तामा उनले जलवायु परिवर्तन तथा दिगो विकास लक्ष्यका सन्दर्भमा कुराकारी गरेकी थिइन् । गुटरेजसँग नेपाल र राष्ट्रसंघबीच  सहकार्यसहित शान्ति प्रक्रियाका सन्दर्भमा समते छलफल भएको न्यूर्याेकस्थित नेपाली स्थायी नियोगले उल्लेख गरेको छ । 

सोही क्रममा राष्ट्रपति भण्डारी र क्रोयसियाका राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकसँग द्विपक्षीय सम्बन्धका विषयमा समेत कुराकानी भएको छ ।

राष्ट्रसंघ महासभा सभापति मारिया फर्नान्डासँग साईड लाईन वार्ताका क्रममा विश्वमा महिला नेतृत्वको आवश्यकताका विषयमा छलफल भएको छ । 

सभापति फर्नान्डाले नेपाललाई शक्तिमा महिला सहभागीता पु¥याउन सफल भएको प्रति आभार समेत व्यक्त गरिन् । 

सीएसडब्ल्यू बैठकमा मंगलवार राष्ट्रिपति भण्डारीले सम्बोधन गरेकी थिइन् । उनले नेपाली भाषामा सम्बोधन गरेकी थिइन् ।

सम्बोधनमा राष्ट्रपति भण्डारीले विश्वमा महिलाको अवस्था प्राकृतिक नभएकाले त्यसलाई परिवर्तन गर्न सम्भव रहेको बताए ।

यसैगरी आज (बुधवार) महिला बालबालिका तथा जेष्ठ नागरिक मनित्र थपमाया थापाले महिलाको अवस्था परिषदको सम्मेलनको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

राष्ट्रपति भ्रमण टोलीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहेन छन् ।

राष्ट्रपति भण्डारीसहितको नेपाली टोली चैत १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?