सप्तरीमा मोटरसाइकलाई बसले हान्यो,  ३ को मृत्यु

सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसहामा विपरित दिशातर्फबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो । 

सो क्रममा को ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार  २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक  रिमालले मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका ५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवारको सनाखत हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?