प्यूठानका दुई स्थानमा शंकास्पद वस्तु फेला

प्यूठान । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा विहिवार नेपाल बन्दको आह्वान गरेको छ । बन्दको पूर्वसन्ध्यामै प्युठानका दुई स्थानमा संस्कास्पद बस्तु फेला परेको छ । माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संस्कासपपद बस्तु फेला परेको प्रहरी प्रमुख वुढाथोकीले जानकारी दिए । 

प्रहरीले विहान ४ः ३० बजे सड्क निगरानीको क्रममा उक्त संस्कासपद बस्तु भेटाएको थियो । नेपाली सेनाको समुहले उक्त संस्कासपद बस्तुलाई नष्ट गरेको बुढाथोकीले जानकारी दिए । बन्दले प्युठानको जनजीवन प्रभावित पारेको छ । लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । त्यस्तै शिक्षण संस्था, कलकारखाना, बजार समेत बन्द भएको छ ।

नेता कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ । महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङघर्षको कार्यक्रम घोषणा गरेका छ । 

विपल्वको गतिविधिलाई मध्यनजर गर्दैे सुरक्षा व्यवस्था कडा वनाइएको प्रहरीको भनाई रहेको छ । 

सोही नेपाल बन्दलाई लक्षित गरि प्युठान प्रहरीले सुरक्षा सर्तकता वढाएको छ । बन्दलाई सफल पार्न विपल्प समुहले संकास्पद बस्तु तथा बम राख्न सक्ने हुँदा सुरक्षा सर्तकता अपनाईएको प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले बताए । 
उता नेत्र विक्रम चन्द्र विप्लपले आजको बन्द असफल पार्न खोजेमा कडा प्रतिवादमा उत्रने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?