चैत १ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा आज के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

पूर्वराजा ज्ञानेन्द्रको स्वागत ‘रेड कार्पेट’मादेखि विप्लवलाई वार्ताको आग्रहसम्म

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल चैत १ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । 


ADVERTISEMENT

यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । कृपया LOKPATH TV सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।  

1.जानकी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत ‘रेड कार्पेट’मा: पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा जनकपुरको जानकी मन्दिरमा ‘रेड कार्पेट’ ओछ्याइएको छ । बुधवार प्रदेश २ को राजधानी जनकपुरधाम पुगेका शाहले आज साँझ जानकी मन्दिरमा पूजापाठका गर्ने भएका हुन् । मन्दिरमा पूजापाठ गर्न आउन लागेका शाहको स्वागतका लागि उनका समर्थहरुले ‘रेड कार्पेट’ ओछ्याएका हुन् । 

 

2.तराई–मधेशमा भेटघाटमा व्यस्त पूर्वराजा, के भने सीके राउतका बारे ?: यति बेला पूर्वराजा ज्ञानेन्द्र शाह तराई–मधेश दौडाहमा छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाले हिजो (बिहीवार) आह्वान गरेको नेपाल बन्दले पूर्वराजा शाहलाई खासै प्रभाव पारेन । बुधवार प्रदेश २ को राजधानी जनकपुर पुगेका उनलाई जनकपुरधाममा भव्य स्वागत गरियो । फुलमालासहित जनकपुर एयरपोर्ट पुगेका उनका समर्थकहरुले ‘राजा ल्याऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाउँदै उनलाई स्वागत गरेका थिए । 

 

3.विप्लवसँग सम्वाद कि विद्रोह ?: सरकारले नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लिन प्रतिबन्ध नै लगायो । गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठकमा सो निर्णय गरेका थिए । पछिल्ला केहीदिनदेखि सरकार विप्लव समूहप्रति आक्रमक रुपमा प्रस्तुत हुँदै आएको छ । 

 

4.राप्रपाको पन्ध्रदिने राष्ट्रिय स्वाभिमान अभियान आज सकिँदै: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्र आज सकिँदैछ । गत फागुन १५ गते ताप्लेजुङको पाथिभारबाट शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा आज (शुक्रवार) राजधानी काठमाडौंमा विशेष सभामामार्फत अभियान समापनको घोषणा गर्ने भएका हुन् । 

 

5.सरकारको निर्णयका कारण मुलुकमा नयाँ द्वन्द्वको विजारोपण भयो : कांग्रेस नेता कोइराला: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको पछिल्ला निर्णयले देश गम्भीर दुर्घटनामा फस्ने बताएका छन् । ‘सरकारको कार्यशैली र पछिल्ला निर्णयले देश गम्भीर दुर्घटनामा फस्छ’ उनले भने । 

 

6.विप्लवलाई आतंकारीको बिल्ला भिराउने सरकारको कार्यशैली गलत -नेता पौडेल:  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कार्यशैलीप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सीके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको काङ्ग्रेस नेता पौडेलको भनाइ छ । 

 

7.सरकारले विप्लवसँग युद्ध निमत्याउने कार्य गरेको छैन - मन्त्री पण्डित:  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले सीके राउतसँग गरेको सहमति संविधानको मर्म र भावनाअनुसार नै रहको बताएका छन् । बिहीवार जनाकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन् । 

 

8.सीके राउतले जनकपुरमा बोलाए राष्ट्रिय परिषद्को बैठक: सरकारसँग ११ बुँदे सहमति गरेर प्रदेश २ को राजधानी जनकपुर पुगेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतले राष्ट्रिय परिषदको बैठक बोलाएका छन् । राउतले यही चैत ४ र ५ गते जनकपुरमा राष्ट्रिय परिषद्को बैठक बोलाएका हुन् । 

 

9. बुद्ध एयरले कोलकातामा उडान भर्ने: निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो । 

 

10. सरकारले तोकेको समयसिमाभित्र विप्लवले हतियार नबुझाए कारबाही गर्छौं : सञ्चारमन्त्री: सरकारले तोकिएको समयसिमाभित्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपा समूहले हतियार नबुझाए कारबाही गर्ने चेतावनी दिएको छ । अनुमति नलिइ राखिएका हतियार तथा नविकरण नगरिएका हतियार ३५ दिनभित्र सम्बन्धित जिल्ला प्रहरी कार्यालय र सेनाको कार्यलयमा बुझाउन सरकारले हिजो ‘बिहीवार’ सूचना जारी गरेको थियो ।

 

11. संवैधानिक आयोगका पदाधिकारी अभावमा न्याय तथा अधिकार ओझेलमा: सङ्घीय संरचनाअनुसार सरकारले संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाएको छ । सरकारको प्रस्ताव बमोजिम पाँच संवैधानिक आयोगका पदाधिकारी अध्यक्ष नियुक्तिका लागि संवैधानिक परिषद्ले गत माघ ७ गते सिफारिश गरेको थियो । 

 

12. विप्लवसँग वार्ता गर्न आग्रह: शान्तिका लागि साझा अभियान (कोक्याप) ले नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।  कोक्यापले आज विज्ञप्ति जारी गरी सो पार्टीसँग वार्ताको सार्थक प्रयास नगरिकन अकस्मात लगाइएको प्रतिबन्धले नेपाली जनता सम्भावित द्वन्द्वको त्रासमा परेको भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो । 

 

13. #ट्रयासट्याग च्यालेन्ज ? एउटा भाइरल पोष्ट जसले ३,२४,००० शेयर र ९७,००० लाइक पायो:  #ह्यास्ट्याग पछिल्लो समय तपाईं सामाजिक सञ्जाल चलाउनुहुन्छ भने तपाईं ह्यासट्यागसँग पक्कै परिचित हुनुहुन्छ । अझ त्यसमा पनि ट्वीटर चलाउनुहुन्छ भने तपाई ह्यासट्यागको बारेमा पक्कै अनविज्ञ हुनुहुन्न । सामाजिक सञ्जालमा सल्लाह दिनदेखि व्यङ्ग्य गर्न प्रयोग हुनेगर्छ, #ह्यास्ट्याग । 

 

14. हाथवे फाइनान्स ग्लोबल आइएमई बैंकसँग गाभिने: ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई अधिग्रहण  गर्ने भएको छ। फाइनान्सलाई प्राप्ती गर्ने विषयमा हिजो ‘बिहीवार’ मात्र दुबै बैंक तथा वित्तीय संस्थाबीच सम्झौता भएको थियो । तीनवटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको हाथवे फाइनान्सले ग्लोबल आइएमई बैंकसँग गाभिने तयारी गरेको हो। 

 

15. अमृतसर: राती सुनियो बम विस्फोटको आवाज, भएको के हो ?: भारतको पञ्जावको अमृतसर शहरमा बुधबार राती १–२ बजेको बीचमा ठूलो आवज सुनेपछि सामाजिक सञ्जालमा धेरै तरिकाको भ्रम फैलिन शुरु भयो । केही व्यक्तिहरुले दुईवटा ठूलो बम आवाज सुनेको भनेर पनि सामाजिक सञ्जालमा लेखेका थिए । तर, प्रहरीले भने उक्त शहरको कुनै पनि कुनाबाट केही असामान्य घटना घटेको भनेर रिपोर्ट नआएको बताए । 

 

16. न्युजिल्याण्ड आक्रमण [अपडेट]: ४९ जनाको मृत्यु, २० गम्भीर घाइते: अज्ञात समूहले न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा आक्रमणगर्दौ मृत्यु हुनेको संख्या ४० पुगेको छ भने २० भन्दा धेरै गम्भीर घाइते भएका छन् । न्युजिल्याण्ड पुलिसका अनुसार यो घटनासंग सम्बधित तीन जना पुरुष र एक महिला सहित चार जनालाई पक्राउ गरिएको छ। तर प्रहरीहरुले अहिलेसम्म खतरा समाप्त भएको भन्न सक्ने अवस्था नरहेको बताएका छन् । 

 

17. बंगलादेशविरुद्ध आक्रामक खेल खेल्छौँ : प्रशिक्षक खड्का: नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्धको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् । शनिवार हुने समूह चरणको अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ । यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले समूह विजेता बन्नका लागि बंगलादेशलाई हराउनै पर्छ । पहिलो खेलमा भुटानालाई ३-० गोल अन्तरले हराएको नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै खेलमा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ मैदानमा उत्रदैछ । 

 

18.महिला साफ च्याम्पियनसिप : श्रीलंका र भारत सेमिफाइनलमा प्रवेश: श्रीलंका र भारत जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’बाट श्रीलंका र भारत एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा पुगको हो । शहिद रंगशालामा शुक्रवार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २-० गोल अन्तरले पराजित ग-यो ।

 

Leave a comment