बल्ल गरियो न्याम्समा पदाधिकारी नियुक्ति (नामावलीसहित)

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा  सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् ।

  उपप्रधान तथा स्वास्थ्य मन्त्री  एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई  नियुक्त गरेका हुन् ।
 यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको पनि नियुक्ति गरेका छन् ।

 जसअनुसार पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाधक्ष्य,पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार,सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई बीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ । सबैको पदावधी चार बर्षको हुनेछ ।  प्रधानमन्त्री ओलीको उपस्थितीमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले उपकुलपति साह लगायत सबैलाई शुक्रबार बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
लामो समयदेखि न्याम्समा पदाधिकारी नियुक्ति नहुँदा आलोचना हुँदै आएको थियो । यसको न्याम्सका कर्मचारीले विरोध समेत गर्दै आएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?