काठमाडौं । प्रदेश २ सरकारले गरेको कामको समीक्षा गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केन्द्रमा छुट्टै संयोजन समिति बनाएको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवको संयोजकत्वमा राजपाले ५ सदस्यीय समितिभ बनाएको छ ।
प्रदेश २ मा सरकारले गरेका कामको समीक्षा र आवश्यक निर्देशन दिन समिति बनाएको अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवले जानकारी दिए ।
यसैगरी संयोजन समितिमा संघीय समाजवादी फोरमलाई समेत सहभागिता गराउने प्रयास भइरहेको उनले बताए ।
उनले भने, ‘समाजवादी फोमरलाई संयोजक समितिमा सहभागिता गराउने गरी वार्ता गर्न समेत यादव जीलाई जिम्मा दिएका छौं ।’
प्रदेश ३ मा फोरम र राजपाको संयुक्त सरकार छ ।
यसैबीच, राजपाले राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा संसदमा रहेका दलहरुसँग छलफल गर्न सरकारसँग आग्रह गरेको छ ।
राजधानीको एक होटलमा ३ दिनसम्म बसेको अध्यक्ष मण्डलको बैठकले राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा राष्ट्रिय सहमतिको आधारमा समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको हो ।
साथै सरकारले नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको राप्रजाको बुझाइ छ ।
विप्लवसँग वार्ताको विकल्व हुँदाहुँदै सरकारले हतारमा प्रतिबन्ध लगाउनु गलत भएको राजपा अध्यक्ष मण्डलको बैठकले निष्कर्ष निकालेको हो ।
सरकारको अहंकार र दम्भले मुलुक पुनः द्वनद्वतर्फ फर्केने खतरा बढेको राजपाले जनाएको छ ।
सरकारले केही दिनपहिला मात्रै विप्लव समूहलाई प्रतिबन्ध लागाउने निर्णय गरेको थियो । यो सँगै सरकारले गरेको निर्णयको चौतर्फी विरोध भइरेको छ ।
त्यस्तै विप्लव नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार साँझ ललितपुरस्थित उनको डेराबाट कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया