नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखा गठन

दक्षिण कोरिया-दक्षिण कोरियाको छुनछन नाम्दो छनान सि सङ्ह्वान स्थित नामसौल विश्वविद्यालयमा आज एक कार्यक्रमका बीच नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाको  गठन गरिएको छ ।

नामसौल विश्वविद्यालयको सभाहलमा मञ्चका केन्द्रिय सल्लाहकार एवं नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा. सृजना थापाको सभापतित्वमा बसेको बैठकले सो गठन गरेको हो ।

बैठकले पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रुपमा काम गर्दै आएका साथै कोरियामा डाक्टर पढ्दै गरेका सन्तोष खड्काको अध्यक्षतामा १३ सदस्यीय  कार्यसमिति गठन गरेको छ । नव गठित कार्यसमितीको उपाध्यक्षमा राजकुमार तामाङ महासचिवमा सत्य प्रकाश यादव(एसपी यादव), सचिवमा बेदनाथ आचार्य, कोषाध्यक्षमा प्रमिला बुढाथोकी र सदस्यहरुमा क्रमशः सुमन कार्की, शुभराज कडरिया, कान्ति खतिवडा, नवराज पाण्डे, शान्तिकला राइ, गंगा प्रजापति, तुलसी तिमिल्सिन र शिवकुमार कार्की रहेका छन् ।

नेपाल पत्रकार मञ्चको बारेमा संक्षेपमा प्रकाश पार्दै अध्यक्ष खड्काले भने- कोरियामा नेपालीले भोग्नु परेको समस्या र तिनको निकासका लागि हामी यहाँका पत्रकारहरु संग हातमा हात र काधमा काध मिलाएर अगाडी बढ्न तयार रहेको बताए ।

मन्तव्यका क्रममा मञ्चका केन्द्रिय सल्लाहकार एवं नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा. सृजना थापाले कोरियामा नेपालीको अवस्था र नेपालीले भोग्नु परेको समस्या र तिनका समाधानका लागि पत्रकारले खेल्नु पर्ने भुमिकाको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उदघोषण नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाका महासचिव सत्य प्रकाश यादव (एसपी यादव) ले गरेका थिए ।

गठन कार्यक्रममा पत्रकार र विद्यार्थीहरुको  उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?