प्रतिवन्धपछि कहाँ छन् विप्लव र प्रकाण्ड ?

काठमाडौ । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहुँच भित्रनै रहेको दावी गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

हाल सिन्धुलीमा रहेका विप्लवको गतिविधिलाई नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ ।

केही दिनदेखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई विप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।

सो पार्टीका प्रवक्ता समेत रहेका विश्वकर्मा अहिले दाङमा रहेकाले उनको गतिविधिलाई समेत निगरानी गर्न  प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?