फेक रेस्क्यु : युरोपबाट नेपाल आउने पर्वतारोहीको बिमा गर्न आनाकानी

 काठमाडाैं-नेपालका हिमाल आरोहण गर्न चाहने पर्वतारोहीको बिमा गर्न बिमा कम्पनीहरूले अस्वीकार गरेका छन् ।

विशेष गरी युरोपेली देशका बिमा कम्पनीहरूले पर्वतारोहीको बिमा गर्न आनाकानी गरेको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए ।

 फ्रान्स, बेलायतलगायतका देशका बिमा कम्पनीले नेपालमा हुने गरेको फेक रेस्क्युलाई कारण देखाउँदै पर्वतारोहीको बिमा गर्न अस्वीकार गरेको उनले जानकारी दिए ।

 उनले भने, ‘पर्वतारोहणअघि पर्वतारोहीले अनिवार्य बिमा गर्नैपर्छ । तर, आउँदो सिजनमा हिमाल आरोहण गर्न नेपाल आउन लागेका आरोहीको बिमा गर्न ती देशका बिमा कम्पनीहरूले गाह्रो मानिरहेको पर्वतारोहीले हामीलाई भनिरहेका छन् ।’  नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?