पूर्व मुमा बडामहारानी रत्न शाह डिस्चार्ज

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न शाह सोमवार डिस्चार्ज भएकी छिन् ।

रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाहसहित राजपरिवारका अन्य सदस्य पनि रत्नलाई रिसिभ गर्न अस्पताल पुगेका थिए । 

रुघा, खोकी लगायतले ग्रस्त भई पातलो दिशा हुने र पिसाब कम हुने समस्या देखिएपछि ९१ वर्षीय रत्नलाई फागुन २१ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?