मकवानपुरबाट भरुवा बन्दक र गाँजासहित पाँच जना पक्राउ

मकवानपुर । प्रहरीले भरुवा बन्दुक र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाको आधारमा सुरक्षा चेकजाँचका क्रममा राक्सिराङ गाउँपालिका–७ का २० वर्षीया सर्गलाल प्रजाको घरबाट ७८ केजी लागूऔषध गाँजासहित एक थान भरुवा बन्दुक र सोही स्थानका ४५ वर्षीया चन्द्रबहादुर चेपाङसहित उनको घरबाट ६१ केजी गाँजा र एकथान भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको जनाएको छ । 

साथै प्रहरी सर्गलालको घरबाट प्रहरीले सानो व्याट्री तीन थान, स–साना ढुङ्गाका टुक्रा २५ वटा, एक सय एमएलको आल्मुनियम बोतलमा बारुद तथा एकथान रोल पटका बरामद गरेको थियो ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरीले आइतवार साँझ ४५ केजी गाँजासहित थप तीन जनालाई पक्राउ गरेको छ ।

हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लुबी ०६–६३०९ नम्बरको भारतीय कारमा गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ स्थित रातोमाटेमा नियमित सुरक्षाजाँचको क्रममा भारतीय नम्बर प्लेटको गाडीमा डिक्किभित्र फल्स बटम बनाएर गाँजा लुकाएर भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा भारतको बिहारस्थित भगलपुरका ३० वर्षीय विष्णकुमार शाह, ३० वर्षीया रेणुदेवी र २८ वर्षीय अहमद गुल्जार रहेका छन् ।

प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडी बढाइएको जानकारी दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?