नेकपाले विप्लवको पार्टीलाई लुटेरा भन्न मिल्दैन : बाबुराम भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपालाई सरकराले हतारमा प्रतिबन्ध लगाएको बताए । 

उनले विप्लवलाई प्रतिबन्ध लगाउनु सरकारको हतारोमा गरिएको अराजनीतिक र अपरिपक्व निर्णय भएको बताएका हुन् ।

‘विप्लवको हिंसात्मक क्रियाकलाप सामान्य कानूनी प्रक्रियाद्वारा नै नियमन गर्न सकिन्थ्यो तर, सरकारले हतारमा प्रतिबन्ध लगाउनु ठीक होइन’ उनले भने । 

सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलमा भट्टराईले सो कुरा बताएका हुन् । उनले विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध गरेर सरकारले गल्ती गरेको बताए ।  

यसैगरी केपी शर्मा ओली नेतृत्वको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विप्लवको पार्टीलाई लुटेरा भन्न नमिल्ने बताए । उनले भने, ‘नेकपाले विप्लवको पार्टीलाई लुटेरा भन्नु नैतिक रुपमा मिल्दैन, राज्य आफैँले लुटतन्त्रलाई संस्थागत गरिरहेको छ, यस अवस्थामा विद्रोही शक्तिलाई लुटेरा भन्न मिल्दैन, यसरी चित्रण गर्दा नेकपाको नैतिकता तथा राजनीतिक अधिकार कमजोर हुन्छ ।’ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?