कर्णालीको फोटो प्रदर्शनी काठमाडौंमा शुरु

काठमाडौं । काठमाडौंमा कर्णालीका फोटो प्रदर्शनी सुरु भएको छ । पत्रकार रमेश भुसाल र नवीन बरालले कर्णाली भ्रमणका क्रममा खिचेका तस्वीहरु प्रदर्शनीमा राखिएको छ ।

नेपाल नदी संरक्षण कोषको आयोजनामा ४४ दिनसम्म भएको यात्राका क्रममा उनीहरुले खिचेका तस्वीहरु प्रदर्शनमा राखिएको हो । कर्णाली नदी प्रणालीको माध्यमबाट कर्णालीको सामाजिक सांस्कृतिक र वातावरणीय अवस्थाको अध्ययन गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको थियो । यात्रा कर्णालीको शीर तिब्बतदेखि भारतको गंगानदीसम्म गरिएको थियो ।

यात्राका क्रममा खिचिएका तस्वीरमध्ये ५० वटा तस्वीर बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका हुन् । प्रदर्शनी आउँदो शुक्रवारसम्म चल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?