चैत ४ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ । आज मिति २०७५ साल चैत ४  गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

1. तारकेश्वरपछि काठमाडौंको टोखामा बर्डफ्लु भेटियो, संकटग्रस्त क्षेत्र घोषणा : काठमाडौंको टोखामा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । यस अघि तारकेश्वर नगरपालिकामा बर्डफ्लुको संक्रमण देखिएपछि उच्च सर्तकर्ता अपनाइएसँगै टोखामा पनि बर्डफ्लुको संक्रमण देखा परेको हो । 

2. क्याप्टेनको सावधानिले जोगियो काठमाडौं आउँदै गरेको विमान, भएको के थियो  ? दुबइको आबुधाबीबाट काठमाडौं आउँदै गरेको इवाइ २९० विमान र भियतनामबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ जहाज एकआपसमा ठोक्किनबाट जोगिएको छ ।

 

3. सीके राउतको नयाँ पार्टी ‘जनमत पार्टी’बाट अबको राजनीति (विज्ञप्तिसहित) : सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भएको छ । सरकारसँग भएको ११ बुँदे सहमतिपछि मूलधारको राजनीतिमा आएको सो समूहले अब ‘जनमत पार्टी’को नामबाट मूलधारको राजनीति गर्ने भएको हो । 

 

4. शीर्ष नेतृत्वको दाउपेचले एकीकरण लम्बियो :  अध्यक्ष र सचिवहरूको सूची टुंग्याएर जिल्ला एकीकरणलाई पूर्णता दिने तयारी अन्ततः नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का शीर्ष नेताहरूको दाउपेचले रोकिएको छ । अघिल्लो शनिबारभित्रै जिल्ला कमिटीको सूची सार्वजनिक गर्ने समझदारीसहित छलफल चले पनि नेताहरूको दाउपेचले रोकिएको हो ।

5. कांग्रेसको केन्द्रीय समिति बैठक शुरु हुनु अघि नेविसंघको धर्ना, तदर्थ समिति बनाउनुपर्ने माग :  नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले तदर्थ समिति गठनको माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन्।पार्टीभित्र अनुशासन र निर्वाचन समिति गठन गर्नेबारे छलफल गर्न बैठकमा पार्टी कार्यालयमा शीर्ष नेताहरू आउने क्रम बढेपछि नेविसंघले धर्ना दिएको हो ।

 

6. राजपाद्वारा संसद बैठक अवरुद्ध, लाल प्रतिवेदन सार्वजनिक गर्न माग :  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आजको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । सोमवार दिउँसो २ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक शुरु हुना साथ राजपा सांसदहरुले उभिएर विरोध जनाएपछि संसद अवरुद्ध भएको हो । 

 

7. माथिल्लो तामाकोशी आयोजनाको निर्माण काम ९८ प्रतिशत सकियो :  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण काम लगभग सकिएको छ । सरकारको सार्थक प्रयासपछि यो जलविद्युत आयोजनाको भौतिक प्रगतिमा गुणात्मक प्रगति देखिएको हो । 

 

8. राष्ट्रियसभा बैठकबाट पाँच विधेयक पारित : राष्ट्रियसभाको आजको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको छ । सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र विशेष आर्थिक क्षेत्र ०पहिलो संशोधन० विधेयक २०७५ सर्वसम्मतिले पारित गरेको हो । 

 

9. होली खेल्ने सोँचमा हुनुहुन्छ  अपनाउनुहोस् ८ टिप्सहरु :  मार्च महिनामा विश्वभरका मानिसहरुले हिन्दुहरुकोे पर्व होली मनाउँदै छन् , होली अर्थात् रंगहरुको पर्व । शताब्दीदेखि मनाइँदै आएको यो पर्व वसन्त रीतुको  शुरुवातको प्रतिक पनि हो । 
 

10. तपाईको नानीबाबू एसईई परीक्षा दिँदै हो  ? यस्तो बनाउनुस् पढ्ने वातावरण !  “हाम्रा छोराछोरीहरुलाई ति सबै कुराहरु प्राप्त गर्न सकुन जुन हिजो हामीलाई प्राप्त हुन सकेन ।”अधिकांश अभिभावकहरुको साझा विचार हो यो । त्यसैले पनि छोराछोरीहरुका हरेक साना–ठुला चाहनाहरु पुरा गर्नका लागि सधैं प्रयत्नशील रहन्छन्, आमाबुबा । जुन स्वभाविक पनि हो ।

11. शेयर बजार सात अङ्कले घट्यो :  पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार सोमवार भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलब ४७ विन्दुले घटेर एक हजार १५३ दशमलब ९८ विन्दुमा झरेको छ । 

 

12. महिला टी-ट्वान्टी क्रिकेट लिग – विजेताले १० तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने : एनसीएल महिला टी-ट्वान्टी क्रिकेट लिगको विजेताले १० लाख रुपैयाँ पाउने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट लिगको उपविजेताले भने ५६ लाख रुपैयाँ पाउने छ । 

13. प्रदेश २ का राज्यमन्त्री काम बिहीन, जिम्मेवारी नपाएपछि पार्टी गुहार्दै :  प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जिम्मेवारी नपाएपछि पार्टीलाई गुहारेका छन् । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको तर्फबाट सिरहाको क्षेत्र नम्बर ४ को (ख) बाट निर्वाचित मण्डल प्रदेश दुईको राज्यमन्त्रीको भएको नौ महिना भयो । 

 

14. गुराँसै फुल्यो वनैमा….(फोटोफिचर) : ‘म त लाली गुराँस भएछु वनैभरी फुलीदिन्छु, मनैभरी फुलिदिन्छु’स्वर सम्राट नारायण गोपालको आवजमा रहेको यो गीतले गुराँसको सौन्दर्यको वर्णनले भरिएको छ । आज पनि लालीगुँराससँग साक्षात्कार गर्न यो गित गाईन्छ । 

15. राष्ट्रपति भण्डारीलाई विशेष महत्व दिँदै चीन राष्ट्रपतिलाई पहिलोपल्ट रातो कार्पेट  : चीनले महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड ईनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ। चीनले नेपालका राष्ट्रपतिलाई बेइजिङमा पहिलोपल्ट रातो कार्पेट बिछ्याउन लागेको हो। 

16. अर्थमन्त्री खतिवडाद्वारा नागरिक लगानी कोषलाई चेतावनी :  अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषको गतिविधिलाई नजिकबाट नियाली रहेको बताएका छन् । कोषको २९ औँ वार्षिकोत्सव तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कोषलाई मुद्रा बजारमा नखेल्न निर्देशन समेत दिएका छन् ।

 

17. प्रदेश २ मा राजपाले मन्त्री हेरफेर नगर्ने :  प्रदेश २ को सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा), नेपालले प्रदेश सरकारमा रहेको मन्त्रीहरू तत्काल हेरफेर नगर्ने भएको छ। गत फागुनमा प्रदेश स्तारीय बैठकमा जुटेको राजपालाई कार्यकर्ताहरूले प्रदेश २ मा मन्त्रीको कार्यसम्पादन राम्रो नभएको भन्दै फेरबदल गर्न सुझाव दिएको थियो। 

 

18. नेदरल्याण्ड्सको जुट्रेक्ट शहरमा अन्धाधुन्द गोली चल्दा दजनौं घाइते :   नेदरल्यान्ड्सको जुट्रेक्ट शहरमा एक व्यक्तिले अन्धाधुन्द गोल चलाउँदा धेरै संख्यामा मानिसहरु घाइते भएका छन् । नेदरल्याण्ड्सको पूर्वी क्षेत्रमा रहेका २४ ओकटोबर्पेलेइनमा चल्ने ‘ट्राम’ मा गोलीबारी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?